काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ९० वटा ब्रोकर कम्पनी र २ वटा स्टक डिलरको सदस्यता नवीकरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि नेप्सेले यी ब्रोकर तथा स्टक डिलरलाई दोस्रो बजारमा शेयर कारोबार गर्नका लागि सदस्यता नवीकरण गराएको हो।
नेप्सेले यसअघि एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको कारोबार सदस्यता नवीकरण गर्न ब्रोकर र स्टक डिलरलाई असोज मसान्तसम्मको समयसीमा दिएको थियो।
तोकिएको समयसीमाभित्र सबै ब्रोकर तथा स्टक डिलरले सदस्यता नवीकरण गरेका छन्।
यो नवीकरण प्रक्रिया पूरा भएसँगै बजारमा शेयर खरिद-बिक्रीको सघनता बढ्ने अपेक्षा गरिएको छ। नेप्सेले ब्रोकर तथा स्टक डिलरलाई समयमै नवीकरण गर्न प्रेरित गरेकोमा सन्तोष व्यक्त गर्दै सदस्यता नवीकरणसँगै बजारमा थप विश्वसनीयता र पारदर्शिता कायम हुने आशा गरेको छ।



