२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गर्मीमा लाख, जाडोमा पचास हजार कमाउने सातु व्यवसायी अर्जुन पौदार

images

  • २०८१ कात्तिक २६, सोमबार
  • 1.3K
    SHARES
  • गर्मीमा लाख, जाडोमा पचास हजार कमाउने सातु व्यवसायी अर्जुन पौदार

    काठमाडौँ : सुनसरी जिल्लाको इनरुवा-१ का अर्जुन पौदार बिहान ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केट नजिकै आफ्नो ठेला लिएर आइपुग्छन्। उनको ठेलामा माटोका भाँडामा चनाको सातु, प्याज, कागती र चिसो पानी हुन्छ। उनको ठेलामा हावा नभए पनि स्वादिष्ट सातुको लागि ग्राहकहरूको भीड लाग्छ।

    अर्जुनले भने "ठेला पुरानो भए पनि मेरो सातुले ग्राहक सन्तुष्ट छन्, जसबाट मलाई मासिक ५० हजारसम्म आम्दानी हुन्छ।"

    उनले गर्मीयाममा मासिक आम्दानी एक लाखसम्म पुग्ने गरेको र जाडोमा केही कम हुने बताए। अहिले चिसो मौसममा दिनमा १ सय - १ सय ५० गिलाससम्म सातु बिक्री हुन्छ भने गर्मीयाममा २ सय - २ सय ५० गिलाससम्म पुग्छ। अर्जुनले करिब पाँच वर्षदेखि इनरुवामा सातु बेच्दै आएका छन् र यस व्यापारले उनलाई राम्रो फाइदा दिएको छ।

    अर्जुनले विगतमा अन्य व्यापारमा असफल भए पनि सातु व्यापारले उनको आर्थिक अवस्थामा सुधार ल्याएको बताए। सामग्रीको मूल्य बढिरहेको अवस्थामा पनि उनले प्रति गिलास ४० रुपैयाँमा सातु बिक्री गर्दै आएका छन्। दैनिक चार-पाँच हजार रुपैयाँको बिक्री गरेर खर्च कटाएपछि उनी मासिक ५०-६० हजार रुपैयाँसम्म आम्दानी गर्छन्।

    सातुको आम्दानीले उनले छोरीको बिहे र परिवारको खर्च धान्न सक्षम भएका छन्। आर्थिक अभावका कारण उपचारमा समस्या परेको बेला पनि यसै आम्दानीले उनलाई सहयोग पुर्याएको छ।

    उनी भन्छन्, "विदेशमा एक-दुई लाख खर्च गरेर गएर ४०-५० हजार कमाउनुभन्दा स्वदेशमै सातु व्यापार गरेर त्यस्तै आम्दानी गर्न पाउँदा खुशी छु।" अर्जुनले स्वदेशमै काम गर्दा परिवारसँग समय बिताउन र साथीभाइसँग भेटघाट गर्न पाउनु सुखद भएको बताए।

    उनको सन्देश छ "स्वदेशमै काम गर्न सक्ने हो भने विदेशमा अर्काको देशमा पसिना बगाउन जानु आवश्यक छैन।"

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ