२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल बैंकका ग्राहकका लागि दराजमा २५ सय सम्म छुटको अवसर

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 1.3K
    SHARES
  • नेपाल बैंकका ग्राहकका लागि दराजमा २५ सय सम्म छुटको अवसर

    काठमाडौं : नेपाल बैंक लिमिटेड र ई-कमर्स प्लेटफर्म दराज नेपालबीच भुक्तानी सेवा सम्बन्धी नयाँ सम्झौता भएको छ। यस सम्झौतामा नेपाल बैंकमा खाता भएका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

    नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुटको सुविधा दिन ई–कमर्स प्लेटफर्मसंग सहकार्यलाई निरन्तरता दिएको छ। यस योजनाअन्तर्गत बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा अग्रिम भुक्तानीमा विभिन्न छुट पाउनेछन्।

    ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा १५ प्रतिशतसम्म (अधिकतम रु. २ हजार) र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म (अधिकतम रु. २ हजार ५ सय) छुट प्राप्त गर्न सक्नेछन्।

    यो अफर २०८१ साल कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म मात्र लागू हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ