२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल विश्वविद्यालयमा विश्वभरका विद्यार्थीलाई आकर्षित गर्ने लक्ष्य : अर्थमन्त्री पौडेल

images

  • २०८१ कात्तिक २२, बिहीबार
  • 1.5K
    SHARES
  • नेपाल विश्वविद्यालयमा विश्वभरका विद्यार्थीलाई आकर्षित गर्ने लक्ष्य : अर्थमन्त्री पौडेल

    काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण शिक्षा केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

    बिहीबार ललितपुरमा आयोजित नेपाल विश्वविद्यालयको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको कार्यक्षेत्र नेपालभित्र सीमित नराखी विश्वभरका विद्यार्थीहरूलाई आकर्षित गर्ने गरी विस्तार गर्नुपर्ने बताएका हुन्।

    उनले भने “नेपाल विश्वविद्यालयले नेपाली विद्यार्थीहरूमात्र होइन, संसारभरका विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्न सक्नुपर्छ।

    यसले नेपालभित्र मात्र नभई विश्वभर प्रभाव पार्न सक्ने गरी उत्कृष्ट काम गर्नुपर्छ।” पौडेलले सरकार विश्वविद्यालयको प्रगतिका लागि प्रतिबद्ध रहेको र सुरु देखिनै साथ सहयोग गरिरहेको पनि बताए।

    उनका अनुसार, “यो विश्वविद्यालयले नयाँ अवधारणा र उत्कृष्ट शिक्षण प्रणालीसँगै दक्ष जनशक्ति निर्माणमा योगदान दिनुपर्छ। उत्कृष्टता सुरुदेखि नै आवश्यक छ, पछि सुधार्ने भन्ने सोच राख्न मिल्दैन।

    विश्वविद्यालयले सरकारको सहयोग त पाउने नै छ, तर आफ्नै सामर्थ्य र पौरखको आधारमा अघि बढ्नुपर्नेछ।” पौडेलले नेपाल विश्वविद्यालयले नेपालको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।

    सरकारले नयाँ सोच र मान्यतासहित नेपाल विश्वविद्यालय स्थापना गर्न साथ दिइरहेको र यसलाई अन्तर्राष्ट्रिय शिक्षाको उच्चतम मापदण्डमा पुर्‍याउन निरन्तर सहयोग गरिरहने प्रतिबद्धता पनि उनले जनाए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ