काठमाडौँ : आज साताको पहिलो कारोबार दिन नेप्से ०.२१ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक 0.२१ अंक घटेर २६७७.४० विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.१० अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।
आज कारोबार रकम पनि घटेको छ। आघिल्लो कारोबार दिन ५ अर्ब ९५ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४३ कम्पनीको ४७ हजार ५ सय १५ पटकको कारोबारमा ४ अर्ब २० करोड रुपैयाँ बराबरको ९७ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका २ सय ४३ कम्पनीमध्ये १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ, भने १ सय २३ कम्पनीको सेयर मूल्य घट्नुको साथै ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.२९ प्रतिशत घटेको छ, भने म्युचुअल फण्ड उपसमूहको परिसूचक 0.०३ प्रतिशतले बढेको छ।



