२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकारी कार्यालयको समयमा फेरबदल: कार्यालय र बैंकिङ समय कति ?

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 766
    SHARES
  • सरकारी कार्यालयको समयमा फेरबदल: कार्यालय र बैंकिङ समय कति ?

    काठमाडौं : सरकारी कार्यालयहरु कात्तिक १६ गतेबाट अपराह्न ४ बजेसम्म मात्र खुला हुने भएका छन्। चिसोयाम सुरु भएसँगै दिन छिट्टै साँझ पर्ने हुँदा सरकारी कार्यालयहरु आजबाट माघ १५ गतेसम्म अपराह्न ४ बजेपछि बन्द हुनेछन्। सरकारी कार्यालय बिहान १० बजेबाट नै खुल्नेछन्।

    सरकारी कार्यालयहरु वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने व्यवस्था हुन्छ। कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुला रहनेछ।

    यसैगरी, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुन्छ।

    तर, कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ। हरेक शुक्रबार कार्यालय समय बिहान १० देखि दिउँसो १ः३० बजेसम्म हुनेछ।

    बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ समय भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्र हुनेछ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बैंकिङ समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। शुक्रबारको दिन बैंकिङ समय बिहान १० देखि मध्यान्ह १२ः३० बजेसम्म मात्र सञ्चालन हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ