२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जनकपुरधाममा छठपर्वको रौनक: आज नहाय खाय

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 1.3K
    SHARES
  • जनकपुरधाममा छठपर्वको रौनक: आज नहाय खाय

    काठमाडौं : आस्थाको पर्व छठ जनकपुरधाम लगायत मधेशका विभिन्न स्थानहरूमा हर्षोल्लासपूर्वक सुरु भएको छ। यो पर्व विशेष गरी मिथिलाञ्चलमा अत्यन्त श्रद्धा र विश्वासका साथ पारिवारिक सुख-समृद्धिको कामनासहित मनाइन्छ। जनकपुरधामका पोखरी र घाटहरूलाई विशेष रूपमा सजाएर आकर्षक बनाइएको छ। बजारमा पूजा सामग्री किन्नेहरूको चहलपहल बढेको छ।

    छठ पर्वको पहिलो दिनलाई ‘नहाय-खाय’ भनिन्छ, जुन आज मनाइँदैछ। यसपछि क्रमशः खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो चार दिनको पर्व सम्पन्न हुन्छ। यस अवसरमा गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायतका पोखरीहरूलाई विशेष रूपले सजाइएको छ, जहाँ श्रद्धालुहरू सूर्यलाई अर्घ्य दिन भेला हुन्छन्।

    जनकपुरधामको गङ्गासागरमा यस वर्ष छठका लागि तीनवटा समितिहरूले संयुक्त रूपमा तयारी गरेका छन्। गङ्गासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष विशेष सजावट थप गरिएको छ। श्रद्धालुहरूको सुविधाका लागि घाटहरूमा नम्बरिङ गरिएको छ। यस पटक प्रतिअर्घ्य शुल्क ५सय रुपैयाँ मात्र तोकिएको छ, जुन विगतका वर्षभन्दा कम हो।

    यो पर्व विशेष गरी जनकपुरधाममा प्रसिद्ध छ, जहाँ हरेक वर्ष हजारौं श्रद्धालुहरू छठ पूजा गर्छन्। जनकपुरधामका साथै धनुषाका अन्य गाउँहरूमा रहेका पोखरीहरूमा पनि सरसफाइ र सजावट गरिँदैछ। पर्वको पहिलो दिनमा बर्तालुहरूले नुहाएर अरबा अरबाइन भोजन गर्ने चलन छ, भने दोस्रो दिन खरना मनाइन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिइन्छ। र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत रूपमा छठपर्वको समापन हुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ