२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दुई बैंकलाई राष्ट्र बैंकद्वारा कारबाही

images

  • २०८१ कात्तिक २०, मंगलबार
  • 956
    SHARES
  • दुई बैंकलाई राष्ट्र बैंकद्वारा कारबाही

    काठमाडौँ : नियम विपरीत गतिविधि गरेको आरोपमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई बैंकमाथि कारबाही गरेको छ। राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्नेमा एक वाणिज्य बैंक र एक विकास बैंक छन्।

    राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई पर्याप्त सावधानी नअपनाएको भन्दै सचेत गराएको छ। बैंकले खाता खोल्दा र सञ्चालन गर्दा आवश्यक सतर्कता नअपनाएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको हो।

    त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले पनि निर्देशनको उल्लङ्घन गरेपछि कारबाहीमा परेको छ। यस बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० अन्तर्गत तोकिएको ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी राखेको आरोपमा कारबाही गरिएको हो।

    मितेरी बैंकमाथि शाखा विस्तारमा रोक लगाउने र भूकम्प पीडित बाहेक अन्य पुनर्कर्जा सुविधा रोक्ने कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले नियम उल्लङ्घनमा कडा कदम चाल्दै बैंकहरूलाई वित्तीय प्रणालीमा अनुशासन कायम राख्न सचेत गराएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ