२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वारेन बफेटले एप्पलको २५% शेयर बेचे, नगद स्टकमा ऐतिहासिक उछाल

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 1.2K
    SHARES
  • वारेन बफेटले एप्पलको २५% शेयर बेचे, नगद स्टकमा ऐतिहासिक उछाल

    काठमाडौं : अमेरिकी अर्बपति तथा लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवे इंकले आईफोन निर्माता एप्पलको २५ प्रतिशत शेयर फेरि बिक्री गरेको छ, जसका कारण नगद स्टकमा तेस्रो त्रैमासिकमा ऐतिहासिक वृद्धि भएको छ। यो बिक्रीपछि बफेटको नगद स्टक रेकर्ड ३२५.२ अर्ब डलर पुगेको छ।

    बर्कशायरले यस सम्बन्धमा शनिबार (२ नोभेम्बर) एक विज्ञप्ति जारी गरेको थियो। एप्पलमा बर्कशायरको शेयर तेस्रो त्रैमासिकमा घटेर अब ६९.९ अर्ब डलरमा पुगेको छ, जुन दोस्रो त्रैमासिकमा ८४.२ अर्ब डलर थियो।

    बर्कशायरले सन् २०१६ मा पहिलोपटक एप्पलमा आफ्नो हिस्सेदारी घोषणा गरेको थियो र सन् २०२१ को अन्त्यसम्म कम्पनीसँग ३१.१ अर्ब डलर बराबरको ९० करोड ८० लाख एप्पल शेयर थिए।

    तीन महिनाअघि बफेटले पनि एप्पलको ५० प्रतिशत शेयर बिक्री गरेका थिए, जसले गर्दा नगद स्टक २ सय ७६.९ अर्ब डलरमा पुगेको थियो। बर्कशायरले तेस्रो त्रैमासिकमा कुल ३४.६ अर्ब डलरको शेयर बिक्री गरेको छ।

    त्यसका साथै बर्कशायरले अन्य कम्पनीको शेयर होल्डिङ पनि घटाएको छ। दोस्रो त्रैमासिक अवधिमा कम्पनीले ७५.५ अर्ब डलरको शेयर बेचेको थियो। यसबाहेक बफेटले पुनः केही स्टक खरिद गर्न नगद स्टक प्रयोग गरेका छन्।

    यद्यपि बर्कशायरको शेयरको मूल्य हाल २५ प्रतिशतले बढेर बजार मूल्य ९ सय ७४.३ अर्ब डलर पुगेको छ। अगस्ट २८ मा यसको मार्केट क्याप पहिलोपटक १ ट्रिलियन डलर नाघेको थियो।

    बर्कशायरले सन् २०१८ मा आफ्नै स्टक खरिद गर्ने नीति परिवर्तन गरेयता हालै पहिलोपटक स्टक पुनः खरिद नगर्ने निर्णय गरेको छ। साथै बर्कशायर हातवेको बीमा व्यवसायमा पनि उच्च घाटा देखिएको छ। गत वर्षको तुलनामा अन्डरराइटिङ आम्दानी ६९ प्रतिशत घटेको छ।

    फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूचीअनुसार ९४ वर्षीय वारेन बफेटको सम्पत्ति १ सय ४२.२ अर्ब डलर पुगेको छ, जसले उनलाई विश्वको छैटौँ धनी व्यक्ति बनाएको छ। यो सूचीमा टेस्लाका मालिक एलन मस्क २ सय ६३.३ अर्ब डलरको सम्पत्तिका साथ शीर्ष स्थानमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ