२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्वास्थ्य बीमाको आम्दानी २ अर्ब, खर्च १२ अर्ब: बजेट अपुगको चुनौती!

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 1.5K
    SHARES
  • स्वास्थ्य बीमाको आम्दानी २ अर्ब, खर्च १२ अर्ब: बजेट अपुगको चुनौती!

    काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले यो वर्ष हालसम्म १२ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ। स्वास्थ्य सेवा प्रदायक संस्थालाई तिर्न बाँकी रकम अझै धेरै रहेको बोर्डले जनाएको छ।

    बोर्डले वार्षिक रूपमा बीमितहरूबाट करिब २ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दै आएको छ। महत्वाकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा सञ्चालन भइरहेको यो स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारबाट ७ अर्ब रुपैयाँ अनुदान प्राप्त हुने गरेको छ। १२ अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानीमध्ये बाँकी रकम बोर्डले आफ्नो कोषबाट तिरेको हो।

    सरकारले दिएको रकम सधैं अपुग हुने समस्या छ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध जनसंख्यामा उल्लेखनीय वृद्धि नभए पनि दाबी भुक्तानीको मात्रा भने प्रत्येक वर्ष बढ्दै गएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हाल बीमितहरूलाई वार्षिक १ लाख रुपैयाँसम्म उपचार सुविधा उपलब्ध गराउने सीमालाई बढाएर ५ लाख रुपैयाँ पुर्याउने घोषणा गरेका छन्। तर पर्याप्त स्रोत र आधारबिना नै लोकप्रियता बढाउन यस्तो घोषणा गरेको भन्दै मन्त्री पौडेलको आलोचना भइरहेको छ।

    २०७२ साल चैतदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ९० लाख नागरिक आबद्ध भइसकेका छन्। तथापि लामो प्रतीक्षा समय र अपूरा सेवाका कारण बीमितहरूको नविकरण दर कमजोर रहेको छ।

    बोर्डको योजनाअनुसार, वार्षिक ३ हजार ५ सय रुपैयाँ बीमाशुल्क तिरेपछि बीमितहरूले १ लाख रुपैयाँ बराबरको उपचार सुविधा प्राप्त गर्छन्। प्रत्येक पटक उपचार गराउँदा कुल खर्चको १० प्रतिशत बीमितले नै तिर्नुपर्ने व्यवस्था छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ