२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पश्चिमी वायुको प्रभाव: काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ कात्तिक १९, सोमबार
  • 1.3K
    SHARES
  • पश्चिमी वायुको प्रभाव: काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

    सोमबार दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मंगलबारको मौसम पूर्वानुमानअनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा पनि हल्का हिमपातको सम्भावना कायम रहनेछ।

    बुधबारबाट भने देशको मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ