काठमाडौं : सीजी हिरोको ‘एक्कासि मालामाल दशैं-तिहार अफर’ अन्तर्गत भाग्यशाली विजेताको घोषणा गरिएको छ, जसमा राम किशुन यादवले पाँच लाख नगद क्यासब्याक जितेका छन्। यादवले हिरोको Splendor+ मोडल, लहानस्थित सिटी ट्रेड कन्सर्न सोरुमबाट खरिद गरेका थिए।
सीजी हिरोले दशैं-तिहारलाई लक्षित गर्दै “एक्कासि मालामालः दसैं-तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार” अफर ल्याएको थियो। यस अफर अन्तर्गत हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा स्क्र्याच कार्डमार्फत नगद ५ लाखसम्म जित्ने मौका तथा बम्पर उपहारमा नेटा भि इभी कार जित्ने अवसर उपलब्ध गराइएको थियो। यस योजनामा सहभागी भई यादवले ५ लाख नगद क्यासब्याक हात पारेका हुन्।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डहरूमध्ये एक हिरोले लगातार नयाँ बेन्चमार्कहरू कायम गरिरहेको छ। सीजी मोटर्सले हाल नेपालभर ६० भन्दा बढी शोरुमहरू सञ्चालन गरिरहेको छ। आगामी दिनहरूमा थप शोरुम खोल्ने योजना बनाएको छ। ग्राहकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै, कम्पनीले देशभर बिक्री, सेवा तथा स्पेयर पार्टस नेटवर्कलाई तीव्र रूपमा विस्तार गरिरहेको छ।
कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणा गर्दै ग्राहकको विश्वास अझै बढाएको छ। सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, एक्स पल्स तथा नयाँ जुम ११० स्कुटर बीएस सिक्स एसआई जस्ता लोकप्रिय उत्पादनमा विभिन्न युनिक फिचरहरू समेटेर सीजी मोटर्सले नेपालमा भित्र्याएको छ।



