२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको बढ्दो सहकार्य: मुलुकको आर्थिक समृद्धिमा ऊर्जाको योगदान

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 1.1K
    SHARES
  • ऊर्जा क्षेत्रमा निजी क्षेत्रको बढ्दो सहकार्य: मुलुकको आर्थिक समृद्धिमा ऊर्जाको  योगदान

    काठमाडौं : देशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै सरकारले नीतिगत, कानुनी र संरचनागत सुधारलाई थप व्यवस्थित गरिरहेको छ। यो सन्दर्भमा निजी क्षेत्रले पनि ऊर्जा क्षेत्रमा आफ्नो सहभागिता बढाउँदै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ। इप्पानमा पाँच सयभन्दा बढी निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनी सदस्य छन्, जसले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

    इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, देशलाई लोडसेडिङमुक्त बनाउनु र खुद विद्युत् निर्यातकर्ता बनाउनु इप्पानको मुख्य लक्ष्य हो। हाल मुलुकको कुल जडित क्षमता ३,२३५ मेगावाट पुगेको छ। जसमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत अर्थात् २,५४८ मेगावाट रहेको छ। थप रूपमा, ३,९४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। ४,५४५ मेगावाट क्षमताका आयोजना पीपीए सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा छन्।

    इप्पानले कात्तिक १२ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई ज्ञापनपत्र बुझाउँदै, सरकारको ऊर्जा उत्पादन लक्ष्य पूरा गर्न सहजीकरणको आग्रह गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ