२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा, पुनः सुरु भयो आयात

images

  • २०८१ कात्तिक १४, बुधबार
  • 1.1K
    SHARES
  • रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा, पुनः सुरु भयो आयात

    काठमाडौँ : रसुवागढी-केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट पुनः आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध भएको राजमार्ग मर्मतसम्भारपछि खुलेको हो, जसले आयात पुनः प्रारम्भ गर्न सम्भव बनाएको छ।

    मङ्गलबार रसुवा भन्सार कार्यालयका अनुसार चार कन्टेनर स्याउ, दुई कन्टेनर नासपाती र तीन कन्टेनर ओखर यो मार्ग हुँदै आयात भएका छन्।

    केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेका छन्। नेपाली उत्पादन बोकेका तीनवटा मालवाहक र सामान निर्यात गर्ने एकसहित ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन्।

    राजमार्ग बन्द हुँदा आयात ठप्प भएपछि राजस्व संकलनमा पनि कमी आएको थियो। भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेलका अनुसार यस वर्ष राजस्व संकलनमा रु दुई अर्ब ५० करोडको गिरावट आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ