काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २० औं वार्षिकोत्सव विविध कार्यक्रमहरूको साथमा उल्लासमय रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सव कार्यक्रमअन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेपछि प्रभातफेरीको आयोजना गरिएको थियो।
प्रभातफेरीको यात्रा बालुवाटारस्थित केन्द्रिय कार्यालयबाट सुरु भई भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालयमा पुगेर सम्पन्न भयो। यस क्रममा बैंकले डिजिटल साक्षरता प्रवर्द्धनका लागि विभिन्न जनचेतनामूलक ब्यानरहरूमार्फत सर्वसाधारणमा सन्देश पुर्याएको थियो।
प्रभातफेरीपछि बैंकका संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले वार्षिकोत्सवको सन्दर्भमा छोटो मन्तव्य दिए। वार्षिकोत्सवकै अवसरमा केन्द्रिय कार्यालय काठमाडौं, पोखरा क्लस्टर, नेपालगञ्ज क्लस्टर र बर्दिबास शाखामा आयोजित रक्तदान कार्यक्रममा जम्मा २ सय ५१ जना सहभागी भए।
बैंकले मुलुकभर १ सय १२ शाखा कार्यालय, ३० एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ, जसले जनमानसको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसा हासिल गरेको छ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आएको छ।



