२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुनलाईट हाइड्रोपावरले ल्याउँदै १ करोड ७६ लाख कित्ता आइपीओ, बिक्री प्रबन्धक लक्ष्मी सनराइज

images

  • २०८१ कात्तिक १२, सोमबार
  • 1.1K
    SHARES
  • मुनलाईट हाइड्रोपावरले ल्याउँदै १ करोड ७६ लाख कित्ता आइपीओ, बिक्री प्रबन्धक लक्ष्मी सनराइज

    काठमाडौं : मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

    सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गरेका छन्।

    मुनलाईट हाइड्रोपावरले जारी गर्ने आइपीओ अन्तर्गत १ सय रुपैयाँ अंकित दरका १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गरिने छ। यसमा १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको शेयर समावेश गरिएको छ।

    हाल मुनलाईट हाइड्रोपावरले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माणाधिन २२.१४ मेगावाट क्षमताको बलेफी-ए जलविद्युत् आयोजना परियोजनाको ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ