काठमाडौँ : आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज आइतबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ४०० सय रुपैयाँमा पुगेको छ। आघिल्लो कारोबार दिन छापावाला सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले वृद्धि भएर २ हजार ८५ रुपैयाँमा पुगेको छ, भने आघिल्लो कारोबार दिन चाँदीको मूल्य २ हजर ७० रुपैयाँ थियो।



