२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तिहारको रौनकसँगै सुरु भयो १७ औं गोदावरी फूल प्रदर्शनी

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.7K
    SHARES
  • तिहारको रौनकसँगै सुरु भयो १७ औं गोदावरी फूल प्रदर्शनी

    काठमाडौँ : ललितपुरको जावलाखेल खेल मैदानमा १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ आजदेखि सुरु भएको छ। "रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि" भन्ने नाराका साथ आयोजित यो प्रदर्शनी आगामी कात्तिक ११ गतेसम्म सञ्चालन हुनेछ। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित यो मेलाले पुष्प व्यवसायको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    फ्यानले सन् २०५१ देखि पुष्प मेलाको आयोजना गर्दै आइरहेको छ, जसको मुख्य उद्देश्य व्यवसायिक पुष्प व्यवसायको विकास र विस्तार गर्नु हो। विशेषगरी तिहार र छठ पर्वको पूर्वसन्ध्यामा घर, बगैचा सजाउनका लागि गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन र सजिलै उपलब्धता सुनिश्चित गर्न प्रदर्शनी आयोजना गरिएको हो।

    यस वर्षको प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रदर्शनी कक्ष छन्। मेलामा नेपालमा व्यवसायिक रुपमा उत्पादन भइरहेका विभिन्न जातका गोदावरी फूलहरू, साथै केही नयाँ प्रजातिका गोदावरी बिरुवाहरू पनि प्रदर्शन र बिक्रीमा राखिएका छन्।

    यस मेलामा सयपत्री, मखमली र अन्य मौसमी फूलहरूको पनि प्रदर्शनी समावेश गरिएको छ। पुष्प व्यवसायको क्षेत्रमा भएका नयाँ प्रविधि र उपलब्धि सम्बन्धी जानकारी मेलास्थलमै प्रदान गरिनेछ।

    चार दिनसम्म चल्ने यस मेलामा ४० हजार भन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ, साथै एक करोड रुपैयाँभन्दा बढीको व्यवसायिक कारोबार हुने आशा आयोजकले व्यक्त गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ