२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ईसेवा र फोनपोइन्ट्सको साझेदारी: प्रयोगकर्ताका लागि थप सुविधा र अफरहरू

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.9K
    SHARES
  • ईसेवा र फोनपोइन्ट्सको साझेदारी: प्रयोगकर्ताका लागि थप सुविधा र अफरहरू

    काठमाडौँ : ईसेवा र एकीकृत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म फोनपोइन्ट्सबीच नयाँ सम्झौता भएको छ। जसले प्रयोगकर्ताहरूको लागि विभिन्न अफरहरूको अवलोकन, संकलन र उपभोग गर्ने प्रक्रियालाई सरल बनाउनेछ।

    अब प्रयोगकर्ताहरूले ईसेवाबाट प्राप्त हुने लौयल्टी प्वाइन्ट्सलाई फोनपोइन्ट्समा एकीकृत गर्न सक्नेछन्, जसले गर्दा उनीहरूले एकीकृत र थप फाइदाजनक अनुभव प्राप्त गर्नेछन्।

    फोनपोइन्ट्सका सीईओ सागर पौडेलले यस सम्झौताबाट प्रयोगकर्ताहरूलाई सजिलो र सहज प्रक्रिया उपलब्ध गराउन खोजिएको बताएका छन्।

    फोनपोइन्ट्स एप वा पार्टनर एपमार्फत प्रयोगकर्ताले आफ्नो कमाएका प्वाइन्ट्सको जानकारी प्राप्त गर्न, विभिन्न अफरहरूको अवलोकन गर्न र ती प्वाइन्ट्सको प्रयोग गरेर आकर्षक अफरहरूको फाइदा उठाउन सक्नेछन्।

    यस प्रणालीले प्रयोगकर्ताको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरिएका प्वाइन्ट्सलाई एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्नेछ। प्रयोगकर्ताहरूले आफ्नो इच्छाअनुसार ती प्वाइन्ट्स प्रयोग गरी थप लाभहरू प्राप्त गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ