२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यूनाइटेड अजोडका प्रमुख श्रवण रावलको निधन: हृदयघातले रातारात जीवन समाप्त

images

  • २०८१ कात्तिक ८, बिहीबार
  • 1.3K
    SHARES
  • यूनाइटेड अजोडका प्रमुख श्रवण रावलको निधन: हृदयघातले रातारात जीवन समाप्त

    काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको असामयिक निधन भएको छ। बुधबार दिनभर कार्यालयका जिम्मेवारीमा व्यस्त रहेका रावललाई राति हृदयघात भएको थियो।

    रावल साँझ सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सहभागी भएर राति १० बजेपछि घर फर्किएका थिए। घर पुगेपछि अचानक बिरामी परेपछि परिवारले उनलाई नागरिक अस्पताल लागेका थियो। जहाँ चिकित्सकहरूले उपचारका क्रममा नै उनलाई मृत घोषणा गरेका थिए।

    ६० वर्षीय रावलको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनका छोरा अस्ट्रेलियामा बसोबास गरिरहेकाले, अन्तिम संस्कार छोराको आगमनपछि मात्र गरिने भएको छ। हाल रावलको शवलाई पशुपति क्षेत्रको चिस्यान केन्द्रमा सुरक्षित राखिएको छ।

    रावलले डेढ वर्षदेखि यूनाइटेड अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गर्दै आएका थिए। यसअघि उनले प्रुडेन्सियल इन्स्योरेन्सका सीईओको रूपमा कार्य गरेका थिए। उनको बीमा क्षेत्रमा करिब तीन दशकको अनुभव छ।  उनले नेको, सगरमाथा र अन्य बीमा कम्पनीहरूमा उच्च व्यवस्थापन तहमा काम गरेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ