काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादव हर्नियाको शल्यक्रियाका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार यादव मङ्गलबार साँझ अस्पताल भर्ना भएका थिए।
उनको शल्यक्रिया बुधबार सम्पन्न हुने तय छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए।



