काठमाडौँ : आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज बुधबर पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला ८०० सय रुपैयाँले बढेर १ लाख ६६ हजार ७०० सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६५ हजार ९ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले वृद्धि भएर २ हजार १ सय ३५ रुपैयाँमा पुगेको छ। भने हिजो चाँदीको मूल्य २ हजर १ सय रुपैयाँ थियो।



