२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वाणिज्य बैंकहरूको नाफामा २१. ६३ प्रतिशतले वृद्धि, नबिल बैंक अग्रस्थानमा

images

  • २०८१ कात्तिक ७, बुधबार
  • 2.4K
    SHARES
  • वाणिज्य बैंकहरूको नाफामा २१. ६३ प्रतिशतले वृद्धि, नबिल बैंक अग्रस्थानमा

    काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले उल्लेख्य नाफा कमाएका छन्। प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरूले असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा बैंकहरूले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका थिए।

    नाफाका हिसाबले नबिल बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९.९७ प्रतिशतले वृद्धि हो। यसै अवधिमा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले पनि १ अर्बभन्दा बढी नाफा कमाएका छन्।

    नाफा वृद्धिदरमा सिद्धार्थ बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकको नाफा ७ सय ९१.४३ प्रतिशतले बढेर ३८ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ करोड २८ लाख रुपैयाँ मात्र थियो। यस अवधिमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंकले पनि नाफा वृद्धि दरमा राम्रो प्रदर्शन गरेका छन्।

    यद्यपि, ७ वाणिज्य बैंकहरूको नाफा भने घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।

    विशेषगरी एनआईसी एशिया बैंकको नाफा ८९.०६ प्रतिशतले घटेर ११ करोड ५ लाख रुपैयाँ मात्र पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब १ करोड रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ