२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बलेफी हाइड्रोपावरको चुक्तापूँजी दोब्बर हुने, शतप्रतिशत हकप्रद शेयर ल्याउँदै

images

  • २०८१ कात्तिक ६, मंगलबार
  • 1.1K
    SHARES
  • बलेफी हाइड्रोपावरको चुक्तापूँजी दोब्बर हुने, शतप्रतिशत हकप्रद शेयर ल्याउँदै

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ।

    यसअनुसार कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले कुल १ अर्ब ८२ करोड रुपैयाँ बराबरका हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बलेफी हाइड्रोपावरले १ करोड ८२ लाख ७९ हजार ७ सय १ कित्ता हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ।

    हाल बलेफी हाइड्रोपावरको चुक्तापूँजी १ अर्ब ८२ करोड रुपैयाँ छ। हकप्रद शेयर निष्काशन पश्चात यो पूँजी बढेर ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ।

    हकप्रद शेयर निष्काशन र विक्री वितरणको व्यवस्थापनका लागि बलेफीले एनआईएमबि एस क्यापिटललाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ