२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ट्राभल बीमाको महत्त्व: विदेश यात्रामा सुरक्षा र सुविधा

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.4K
    SHARES
  • ट्राभल बीमाको महत्त्व: विदेश यात्रामा सुरक्षा र सुविधा

    काठमाडौं : विदेश यात्रा गर्दा कुनै अस्वस्थता, बिरामी वा दुर्घटना परेमा उपचार खर्चको चिन्ताबाट मुक्त रहनका लागि ट्राभल (यात्रा) बीमा एक महत्वपूर्ण साधन हो। ट्राभल बीमाले यात्राको अवधिभर बिरामी वा दुर्घटनाको उपचार मात्र होइन झिन्टिगुन्टा चोरी हुँदा वा क्षति भएको अवस्थामा पनि क्षतिपूर्ति दिन्छ।

    यात्रामा प्रस्थान गर्दा मौसमको परिवर्तन, घरपरिवारबाट टाढा रहनु र नयाँ ठाउँको खानपिनले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ। यसबाहेक अप्रत्याशित घटनाहरू पनि हुन सक्छन्। यस्तो अवस्थामा स्वदेशबाहिर रहँदा कोसँग सहयोग माग्ने र उपचार खर्च जुटाउने चिन्ताबाट मुक्त रहन यात्रा बीमा महत्त्वपूर्ण हुन्छ।

    ट्राभल बीमाअन्तर्गत उपलब्ध ४ प्रकारका बीमा योजनाहरु:

    1. सीमित यात्रा बीमा: कहिलेकाहीँ यात्रा गर्ने यात्रुका लागि उपयुक्त हुञ्छ। 
    2. पटके यात्रा बीमा: वर्षभर धेरै पटक यात्रा गर्ने व्यक्तिहरूका लागि उपयुक्त हुञ्छ। 
    3. व्यावसायिक यात्रा बीमा: व्यावसायिक कामका लागि यात्रा गर्नुपर्दा उपयुक्त हुञ्छ।
    4. विद्यार्थीका लागि बीमा योजना: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि,

    यात्रा बीमाअन्तर्गत समेटिएका सुविधाहरू :

    • व्यक्तिगत दुर्घटना
    • आकस्मिक चिकित्सा खर्च र सुरक्षित प्रस्थान
    • अस्पताल भर्ना खर्च
    • झिन्टिगुन्टा (लगेज) मा भएको नोक्सानी
    • राहदानी हराएमा
    • व्यक्तिगत दायित्व
    • यात्रा ढिलाइ
    • विमान अपहरण
    • परिवारका सदस्यको मृत्युका कारण आकस्मिक घर फर्किनु
    • महाविपत्ति
    • कानुनी परामर्श र उपचार खर्च
    • अन्त्येष्ठि कार्य

    दाबीको प्रक्रिया: दाबीको प्रकृतिअनुसार सामान्य र आपतकालीन अवस्थामा विभाजन गरिन्छ।

    1. सामान्य अवस्था: बीमितले आफूले बीमालेख जारी गरेको कम्पनीलाई यात्राबाट फर्केको ३१ दिनभित्र सम्पर्क गर्नुपर्छ।
    2. आकस्मिक अवस्था: तेस्रो पक्ष व्यस्थापकसँग सम्पर्क गरेर दाबी फारम भर्नुपर्छ र आवश्यक कागजपत्रहरू प्रस्तुत गर्नुपर्छ।

    झिन्टिगुन्टा (लगेज) मा भएको नोक्सानीको दाबी प्रक्रिया:

    1. दाबी फाराममा सम्पूर्ण विवरण भरेर बीमकलाई उपलब्ध गराउनु पर्ने ,
    2. हराएको वा क्षति भएको सामानको प्रमाणपत्र प्राप्त गर्नु पर्ने ,
    3. सामान खरिदको बिल र यात्रा कार्यक्रम प्रस्तुत गर्नु पर्ने ,

    ध्यान दिनु पर्ने कुरा: यात्रा बीमा हरेक यात्रुलाई विभिन्न प्रकारका जोखिम र अप्रत्याशित घटनाबाट जोगाउँछ। जसले गर्दा यात्रालाई सहज र सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ