२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाली निर्यातमा अवरोध : दुग्ध आयात खोल्ने तयारी

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.6K
    SHARES
  • नेपाली निर्यातमा अवरोध : दुग्ध आयात खोल्ने तयारी

    काठमाडौँ : नेपाल सरकारले भारतीय उत्पादनसँग सम्बन्धित व्यापारिक समस्याको सामना गर्दै दुग्ध आयात खोल्ने तयारी गरेको छ। भारतले नेपाली औद्योगिक उत्पादनको निर्यातमा असहयोग गरेपछि नेपाल यस्तो निर्णय गर्न बाध्य भएको हो।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल दुग्धमा आत्मनिर्भर भएको दाबी गर्दै आयातमा प्रतिबन्ध लगाएपछि भारतले प्रतिक्रिया स्वरूप नेपालबाट हुने निर्यात प्रक्रियामा अवरोध सिर्जना गरेको हो।

    नेपालबाट भारतमा निर्यात गरिने जुत्ता, सिमेन्ट, स्यानिटरी प्याडजस्ता वस्तुहरूको लागि आवश्यक 'ब्युरो अफ इन्डियन स्ट्याण्डर्ड्स' (BIS) प्रमाणपत्र उपलब्ध गराउन भारतले ढिलासुस्ती गरेको छ। 

    नेपालले दुग्ध आयातमा प्रतिबन्ध लगाएको बदलामा भारतले प्रत्यक्ष विरोध नगरे पनि BIS प्रमाणपत्र दिन आनाकानी गर्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बुझाइ छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ