काठमाडौँ : सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीका प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले हिरासतबाट पोखरास्थित फिस्टेल अस्पतालमा स्थानान्तरण गरेका छन्। जोशीलाई स्वास्थ्य समस्याको कारण देखाउँदै अस्पतालमा राखिएको छ। यद्यपि उनले पहिले स्वास्थ्य परीक्षण गराउँदा निमोनिया भएको पुष्टि भए पनि हाल उनलाई निमोनिया मुक्त घोषित गरिएको छ।
जोशी असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए। यसअघि हिरासतमा नै राखिएको थिए। तर असोज १४ गते कास्कीमा एसपी ओलियाको सरुवा भएपछि उनलाई अस्पताल बस्ने सुविधा प्रदान गरिएको हो। यसअघि एसपी मोहन थापाको कार्यकालमा जोशीलाई अस्पतालमा बस्न अनुमति दिइएको थिएन।
२०८१ वैशाखमा, तत्कालीन गृहमन्त्री रवि लामिछानेले कुनै पनि पक्राउ परेका व्यक्तिलाई अस्पतालमा राख्न मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरेको निर्णय गरेका थिए। यसै निर्णयको आधारमा जोशीलाई अस्पतालमा राखिएको छ।



