काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिकोत्सव मनाउँदै आठौं वर्षमा प्रवेश गरेको छ। कम्पनीले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस वर्ष बीमा सचेतनामा जोड दिँदै सडकर्याली , घरदैलो कार्यक्रम, तथा जीवन बीमा कक्षा सञ्चालन गर्ने योजना रहेको छ।
कम्पनीले विविधता र समावेशीकरणको विशेष कार्यक्रमको सुरुवात गर्दै कर्मचारीहरूबीच एकताको भावना विकास गर्ने प्रयास गरेको छ।
साथै, नेपालमा हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई राहत वितरण र ‘गो ग्रीन’ पहल अन्तर्गत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ। रक्तदान कार्यक्रम पनि देशभरका शाखाहरूमा सञ्चालन हुनेछ।



