काठमाडौँ :आज पनि सुनको मूल्य वृद्धि भएको छ। नेपाली बजारमा आज शुक्रबार पनि सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ।
आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा पुगेको छ। हिजो छापावाला सुनको मूल्य १ लाख ६२ हजार ४ सय रुपैयाँ थियो।
साथै, चाँदीको मूल्य पनि ३० रुपैयाँले वृद्धि भएर १ हजार ९ सय ८० रुपैयाँमा पुगेको छ भने हिजो चाँदीको मूल्य १ हजर ९ सय ५० रुपैयाँ थियो।



