२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चाडपर्वको समयलाई ध्यानमा राख्दै नेपालले गहुँ आयातमा तीव्रता ल्यायो

images

  • २०८१ कात्तिक २, शुक्रबार
  • 751
    SHARES
  • चाडपर्वको समयलाई ध्यानमा राख्दै नेपालले गहुँ आयातमा तीव्रता ल्यायो

    काठमाडौँ: नेपाली बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने निर्णय गरेको छ। गहुँको अभाव र मूल्यवृद्धिको गुनासो उपभोक्ताबाट आउन थालेपछि सरकारले तत्काल आपूर्तिका लागि पहल थालेको हो।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीका अनुसार भारत सरकारसँग यसबारे समन्वय भइरहेको छ। गहुँ आयातको प्रक्रियामा भारतको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

    गहुँ, पिठो र मैदाको माग चाउचाउ, बिस्कुट र मैदा उत्पादक व्यवसायीहरूबाट बढेपछि यो निर्णय लिइएको हो। व्यवसायीहरूले आयातमा भन्सार शुल्क घटाउन र आपूर्ति सहज बनाउन आग्रह गरेका छन्।

    चाडपर्वको समयमा मूल्यवृद्धि रोक्न मन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ। मैदा उत्पादक संघका उपाध्यक्ष दिनेश अग्रवालले भने गहुँको अभाव र मूल्यवृद्धिका कारण मैदाको मूल्य बढाउनु परेको भए पनि चाडपर्वका लागि मूल्य स्थिर राख्ने प्रतिबद्धता जनाएका छन्।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृत्रिम अभाव सिर्जना गरी अनुचित नाफा लिने कार्यलाई रोक्न अनुगमनलाई प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही गरिने बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ