काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।
अपि पावर कम्पनी लिमिटेडको ५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो। बिहीबार अपि पावरको अन्तिम कारोबार ३ सय ११ रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ९६ रुपैयाँ १९ पैसा कायम भएको छ।
यो सँगै, अब आइतबारदेखि यस कम्पनीका समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।



