२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वीरगञ्ज भन्सारमा मोटरसाइकलको माग उच्च, ७६ प्रतिशतले वृद्धि

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.1K
    SHARES
  • वीरगञ्ज भन्सारमा मोटरसाइकलको माग उच्च, ७६ प्रतिशतले वृद्धि

    काठमाडौँ : वीरगञ्ज भन्सारबाट मोटरसाइकलको आयात चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ७६.८६ प्रतिशतले वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, आव २०८०/८१ को भदौ महिनासम्म सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका छन।  जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

    चालु आर्थिक वर्षको भदौ मसान्तसम्म चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आए पनि दुई पाङ्ग्रे सवारीसाधन विशेषगरी मोटरसाइकलको आयातमा वृद्धि भएको भन्सार प्रमुख दीपक लामिछानेले जानकारी दिएका छन्।

    यो अवधिमा कुल रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्यका १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन्। गत वर्षको सोही अवधिमा रु १ अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यका नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए।

    मोटरसाइकल तथा मोपेडका पार्टपुर्जाको आयात पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षमा रु ३४ करोड १७ लाख २२ हजार मूल्यका १६ लाख ६१ हजार पाँच सय ३१ वटा पार्टपुर्जाहरू आयात भएका छन्। जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ