२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कामना सेवा विकास बैंकद्वारा साधारणसभा सम्पन्न, लाभांश पारित

images

  • २०८१ कात्तिक १, बिहीबार
  • 1.6K
    SHARES
  • कामना सेवा विकास बैंकद्वारा साधारणसभा सम्पन्न, लाभांश पारित

    काठमाडौँ : कामना सेवा विकास बैंकद्वारा १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकले वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ। उक्त वार्षिक साधारण सभा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।

    साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाबलगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

    त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

    साथै, बैंकका लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनीलाई पुनः नियुक्ति गरिने निर्णय पनि साधारण सभाबाट गरिएको छ। बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेयरधनीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै बैंकले निर्धारित लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गरिरहेको जानकारी दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ