काठमाडौँ : आज साताको तेस्रो कारोबार दिन नेप्से २७.३९ अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २७.३९ अंकले बढेर २६६३.३२ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स ३.५५ अंक, फ्लोट इण्डेक्स १.८३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो ७ अर्ब ९ करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय कम्पनीको ४५ हजार ८ सय ७० पटकको कारोबारमा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार कित्ता शेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ७ कम्पनीको घटेको छ तथा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज मिड सोलु हाइड्रोपावरको सर्वाधिक १० प्रतिशत बढेको छ भने इष्टर्न हाइड्रोपावरको सर्वाधिक ८.५० प्रतिशत घटेको छ। आज एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा २७ करोड १७ लाख, नेपाल फाइनान्सको करिब २४ करोड तथा हिमालयन रि इन्स्योरेन्सको साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।



