काठमाडौँ : चाडपर्वलाई लक्षित गरेर नेपालका इन्टरनेट सेवा प्रदायकहरूले विभिन्न अफर तथा उपहारका योजना ल्याएका छन्। यस अफरहरूले नयाँ तथा पुराना ग्राहकहरूलाई लक्षित गरेर विभिन्न छुट, बोनस प्याकेज, र बम्पर उपहारहरू प्रदान गरिरहेका छन्।
१ ) नेपाल टेलिकम :
नयाँ जडान शुल्क निःशुल्क
५० एमबीपीएसमा ७५ एमबीपीएस, ७५ एमबीपीएसमा १०० एमबीपीएस लगायत उच्च स्पीडमा अपग्रेड
२) भायो नेट :
१२५ एमबीपीएसको मूल्यमा २०० एमबीपीएस इन्टरनेट
हाइसेन्स कम्पनीका सामानहरूमा २८% सम्म छुट
३) डिसहोम :
बार्षिक प्याकेजमा तीन महिनासम्म बोनस
लक्की ड्र मार्फत वासिङ मेसिन, स्मार्टफोन, घरेलु सामान लगायतका उपहार
४) सुबिसु :
२०० एमबीपीएसको मूल्यमा ३०० एमबीपीएस इन्टरनेट
लक्की ड्र मार्फत क्यूएफएक्सका फिल्ड टिकट र उपहारहरू
५) वर्ल्ड लिंक :
बम्पर उपहारमा ३६ लाखको इभी गाडी
स्मार्टवाच, स्पीकर, एयरबर्ड लगायतका सामानमा ५३% सम्म छुट
६) क्लासिक टेक :
किस्तामा तिर्न मिल्ने सुविधा
रिफर गर्नेले दुई महिना फ्रि बोनस
७) सीजी नेट :
मिनिसो नेपालमा २५% छुट
लक्की ड्र मार्फत फ्रिज, स्कुटर, स्मार्टफोन जित्न सकिने
८) वाइफाइ नेपाल :
बम्पर उपहारमा स्कुटर
स्मार्ट टिभी र अन्य उपहारहरू
यस अफरहरू दशैं, तिहार, र छठ पर्वसम्म सीमित हुनेछन्। जसले गर्दा ग्राहकहरूले यी अवसरहरूको फाइदा लिन सक्नेछन्।



