२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पार्टीभित्रकै विभाजनले थारू मुख्यमन्त्री गुमायौं, रेशम चौधरीको आत्मस्वीकार

images

  • २०८१ असोज २१, सोमबार
  • 1.6K
    SHARES
  • पार्टीभित्रकै विभाजनले थारू मुख्यमन्त्री गुमायौं, रेशम चौधरीको आत्मस्वीकार

    काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा थारू मुख्यमन्त्री गुमाउनुको मुख्य कारण आफ्नै पार्टीका कमजोरीहरू रहेको बताउँदै ती कमजोरीका कारण पार्टीले प्रदेशको नेतृत्वमा पुगेको अवसर गुमाएको स्वीकार गरेका छन्। उनले सोमबार आफ्नो जन्मदिनको अवसरमा फेसबुक लाइभमार्फत् संघीय सरकारमा सहभागी हुन भुलेको पनि बताएका छन्।

    चौधरीले पार्टीका केही स्वार्थी सांसदहरूका कारण संसदीय दल विभाजित भएको र त्यसैका कारण मुख्यमन्त्री पद गुमेको खुलासा गरे। उनले भने "हाम्रै कमजोरीले हामीले थारू मुख्यमन्त्री गुमाएका हौं। केही सांसदहरूको स्वार्थले पार्टीलाई विभाजित गर्‍यो र यो गम्भीर गल्ती भयो।"

    उनले आफ्नो निजी चाहना सरकारमा सहभागी हुने नभएको स्पष्ट पार्दै भने "मेरो उद्देश्य व्यक्तिगत रूपमा सरकारमा सहभागी हुनु थिए। जनताले पनि हामीलाई त्यस्तो म्यान्डेट दिएका थिएनन्। तर जनप्रतिनिधिहरूको दबाबका कारण हामी सरकारमा सहभागी भयौं।"

    संघीय सरकारमा सहभागिता असफल भएको स्वीकार्दै चौधरीले भने "हामीले मुक्त कमैयालाई लालपुर्जा वितरण गर्न सकेनौं, गुठीको न्यायोचित व्यवस्थापन गर्न सकेनौं। यो सबै हाम्रो कमजोरी मात्रै होइन हामीलाई विभिन्न राजनीतिक घेराबन्दीले समेत प्रभाव पार्‍यो।"

    चौधरीले पार्टीभित्रको मतभेदलाई स्वीकार गर्दै सरकारमा सहभागी हुनु गल्ती भएको बताए। "त्यतिबेला हामीले सरकारमा सहभागी हुनु गल्ती थियो। यो अहिले स्वीकार्न सक्छौं" उनले भने।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ