२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज सीइडीबी हाइड्रोपावरको साधारण सभा, लाभांश पारित गर्दै

images

  • २०८१ असोज २१, सोमबार
  • 1.4K
    SHARES
  • आज सीइडीबी हाइड्रोपावरको साधारण सभा, लाभांश पारित गर्दै

    काठमाडौँ : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज आश्विन २१ मा बस्दैछ। सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान १० बजेबाट शुरू हुनेछ। 

    सभामा अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ। बोनस शेयर वितरणपछि ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा राखिनेछ।

    सभामा अघिल्लो दुई आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने एजेण्डा छ। साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाले गर्नेछ।

    कम्पनीले साधारण सभाको प्रयोजनका लागि असोज ७ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार असोज ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ