काठमाडौँ : नेपाल प्रिमियर लिग (NPL) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ। आठवटै फ्रेन्चाइज टोलीहरूले खेलाडी किनेर आफ्नो टिमलाई सुदृढ बनाएका छन्। अक्सनमा १ सय ६४ खेलाडी सहभागी हुँदा ८० खेलाडी बिकेका थिए। यस वर्ष १२ खेलाडीले उच्चतम मूल्य १५ लाख रुपैयाँमा सम्झौता गर्न सफल भए।
सर्वाधिक चर्चा नेपालका विकेटकिपर अनिल कुमार साहको भयो, जसलाई सबै ८ फ्रेन्चाइज टोलीले मूल्य लगाएका थिए। त्यस्तै, गुल्सन झा, लोकेश बम र रुपेश सिंहलाई पनि धेरै टिमले चासो देखाएका थिए।
सबैभन्दा भाग्यशाली टिम लुम्बिनी लायन्स :
लुम्बिनी लायन्स अक्सनमा पाँच खेलाडीलाई चिट्ठाबाट जितेर सबैभन्दा भाग्यशाली साबित भयो। टोलीले ए ग्रेडका तीन र बी ग्रेडका दुई खेलाडी जिते। अक्सनमा सर्वाधिक कमजोर टोली काठमाडौं गुर्खाज बन्न पुग्यो।
खेलाडी र उनीहरुले पाएको मूल्य यस प्रकार रहेको छ।
पोखरा एभेन्जर्स : कुशल भुर्तेल (मार्की)
सागर ढकाल (१५ लाख), आकाश चन्द (११ लाख ५० हजार), किरण कुमार ठंगुन्ना (१० लाख), नारायण जोशी (१० लाख), विपिन खत्री (१० लाख), दिलिप नाथ (१० लाख), तृतराज दास (५ लाख), सुनाम गौतम (५ लाख), दीनेश खरेल (२ लाख) र अमृत गुरुङ (२ लाख)
लुम्बिनी लायन्स : रोहित कुमार पौडेल (मार्की)
सूर्य तामाङ (१५ लाख), विवेक यादव (१५ लाख), सन्दीप जोरा (१५ लाख), आशुतोष घिरैया ( १० लाख), तिलकराज भण्डारी (१० लाख), दुर्गेश गुप्ता (८ लाख), अर्जुन साउद (५ लाख), दीनेश अधिकारी (२ लाख ७५ हजार), अभिषेक गौतम (२ लाख) र विकास आग्री (२ लाख)
कर्णाली याक्स : सोमपाल कामी (मार्की)
गुल्सन कुमार झा (१५ लाख), नन्दन यादव (११ लाख) मौशम ढकाल (१० लाख), अर्जुन घर्ती (१० लाख), देव खनाल (१० लाख), रित गौतम (५ लाख), भुवन कार्की ( ५ लाख) दीपेन्द्र रावत (३ लाख), दीपक डुम्रे (३ लाख) र युनिस विक्रम सिंह (२ लाख)
काठमाडौं गुर्खाज : करण केसी (मार्की)
साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१० लाख), शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख)
सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (मार्की)
आरिफ शेख (१५ लाख), अभिनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), ईशान पाण्डे (९ लाख ५० हजार), अर्जुन कुमाल (७ लाख ५० हजार), खड्क बोहरा (५ लाख), नरेश बुढाएर (५ लाख), अमित श्रेष्ठ (३ लाख ३५ हजार) र नरेन साउद ( २ लाख)
विराटनगर किंग्स : सन्दीप लामिछाने (मार्की)
लोकेश बम (१५ लाख), प्रतिश जि.सी (१५ लाख), बसिर अहमद (१० लाख), राजेश पुलामी मगर (५ लाख), जितेन्द्र मुखिया (५ लाख), अनिल खरेल (५ लाख), दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट (२ लाख) र मिर्नल गुरुङ ( २ लाख)
जनकपुर बोल्ट्स : आसिफ शेख (माकी)
ललित राजवंशी (१५ लाख), अनिल कुमार साह (१५ लाख), रुपेश सिंह (१० लाख), आकाश त्रिपाठी (१० लाख), किशोर महतो (१० लाख), शुभ कंस्कार (५ लाख), शेर मल्ल (५ लाख), हेमन्त धामी (५ लाख), अरनिको प्रसाद यादव (२ लाख ५० हजार) र तुल बहादुर थापा (२ लाख)
चितवन राइनोज : कुशल मल्ल (माकी)
रिजन ढकाल (१० लाख), कमलसिंह ऐरी (१० लाख), शरद भेषवाकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), अमरसिंह राउटेला (५ लाख), दीपक बोहरा (५ लाख), रञ्जित कुमार (३ लाख) र गौतम केसी (२ लाख)
NPL २०२४ को यो अक्सनले नेपाली क्रिकेटमा ठूलो चासो र उत्साह थपेको छ, जसले आगामी सिजनलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।