२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युट्युब शर्ट्सको शक्तिशाली कदम, टिकटकसँगको प्रतिस्पर्धा थप कडा

images

  • २०८१ असोज २०, आइतबार
  • 1.5K
    SHARES
  • युट्युब शर्ट्सको शक्तिशाली कदम,  टिकटकसँगको प्रतिस्पर्धा थप कडा

    काठमाडौँ : युट्युब शर्ट्समा तीन मिनेट लामो भिडिओ अपलोड गर्न सकिने भएको छ। गुगलले एक ब्लगमार्फत १५ अक्टोबरदेखि यो सुविधा लागू गर्ने जानकारी दिएको हो। हाल युट्युब शर्ट्समा अधिकतम ६० सेकेन्डसम्मको मात्र भिडिओ अपलोड गर्न सकिन्थ्यो। नयाँ सुविधा वर्गाकार वा ठाडो आकारका भिडिओमा लागू हुनेछ।

    यस परिवर्तनले साना आकारका भिडिओ क्रियटरहरूलाई थप अवसर दिन सक्ने अनुमान गरिएको छ। युट्युब शर्ट्सको प्रमुख प्रतिस्पर्धी टिकटकमा भने यो फिचर पहिले नै उपलब्ध भइसकेको छ। त्यसैले युट्युबको यो अपडेटले टिकटकसँगको प्रतिस्पर्धामा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    साथै युट्युबले प्रयोगकर्ताहरूको फिडमा कम शर्ट्स देखाउनका लागि 'सो फ्युअलर शर्ट्स' बटन ल्याउँदै छ। यसका साथै शर्ट्समा नयाँ 'टेम्प्लेट्स' फिचर पनि थपिने। जसले प्रयोगकर्ताहरूलाई रिमिक्स बटनमार्फत भिडिओको टेम्प्लेट चयन गरी प्रयोग गर्न सजिलो बनाउनेछ। छिट्टै  तपाईंले मनपर्ने युट्युब भिडिओका क्लिपहरूलाई रिमिक्स गर्न पनि पाउनु हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ