२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दशैंमा खसी र च्याङ्ग्राको मूल्य वृद्धि, काठमाडौंको बजारमा कस्तो छ स्थिति?

images

  • २०८१ असोज १८, शुक्रबार
  • 1.9K
    SHARES
  • दशैंमा खसी र च्याङ्ग्राको मूल्य वृद्धि,  काठमाडौंको बजारमा कस्तो छ स्थिति?

    काठमाडौँ : हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं नजिकिँदै गर्दा काठमाडौंको बजारमा व्यापार व्यवसायको चहलपहल बढेको छ। दशैंका लागि कपडा, खाद्य सामग्री र मासुजस्ता वस्तु किनमेल गर्नेहरूको भीड देख्न सकिन्छ। विपद्का कारण केही आपूर्तिमा कठिनाइ भए पनि बजारमा तयारी तीव्र छ।

    goat_pFzTesL5Wj (1).jpg

    दशैंमा खसी, बोका, च्याङ्ग्रा र भेडाको आपूर्तिमा कमी हुने हो कि भन्ने चिन्ता भइरहे पनि कलंकी खसी बजार व्यवस्थापन समितिले उपत्यकामा मासुको कमी हुन नदिने जनाएको छ। समितिका व्यवस्थापक जीवनराज खतिवडाका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि काठमाडौंको माग पूरा गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको छ।

    हाल जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७ सय ४० रुपैयाँसम्म र च्याङ्ग्राको १२ सय ५० देखि १३ सय रुपैयाँसम्म रहेको छ। रसुवा र तातोपानी नाका बन्द रहेकाले च्याङ्ग्राको आपूर्ति मुख्यतः मुस्ताङबाट मात्र भइरहेको छ।  जसका कारण यसको मूल्य केही महँगो भएको छ।

    goat-changra-khasi (1).jpg

    विगतका वर्षहरूमा घटस्थापनादेखि नवमीसम्म ४५ हजार खसीबोका बिक्री हुने गरेकोमा यस वर्ष पनि त्यस्तै अनुमान गरिएको छ। साथै काठमाडौंमा मासुको माग घटिरहेकोले यो व्यापारमा केही असर परेको व्यापारीहरूले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ