२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूको मनोबल उच्च राख्न उपहार योजना कार्यक्रम सम्पन्न

images

  • २०८१ असोज १७, बिहीबार
  • 1.5K
    SHARES
  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरूको मनोबल उच्च राख्न उपहार योजना कार्यक्रम सम्पन्न

    काठमाडौँ : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको मनोबल उच्च राख्न आयोजना गरेको "भाग्यशाली उपहार योजना कार्यक्रम" अन्तर्गत विभिन्न पुरस्कारहरू प्रदान गरेको छ। पुस महिनामा सुरु गरिएको मासिक योजनाको नतिजा असोज १६ गते जुम मीटमार्फत सार्वजनिक गरिएको थियो। जहाँ अभिकर्ता, ग्राहक र कर्मचारीहरूको उपस्थिति थियो।

    कार्यक्रममा १५ जनालाई सान्त्वना पुरस्कार स्वरूप विद्युतिय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कारमा आईफोन १३ र प्रथम पुरस्कारस्वरूप १ सय २५ सीसीको हिरो मोटरसाइकल प्रदान गरिएको छ।

    कम्पनीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरी अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ। जसले उनीहरूको मनोबल र कार्यक्षमतामा सुधार ल्याउन मद्दत गर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ