काठमाडौँ : आज घटस्थापना (असोज १७) को अवसरमा सरकारले सार्वजनिक बिदा दिएको भए पनि केही बैंक तथा वित्तीय संस्थाहरूले सेवा निरन्तर रूपमा दिने भएका छन्।
नेपाल बैंक लिमिटेड, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कामना सेवा विकास बैंक, सांग्रिला बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले बिदाको दिन पनि आफ्ना निश्चित शाखा कार्यालयमार्फत सेवा प्रदान गर्ने सूचना दिएका छन्।
यस्ता बैंकहरूले ग्राहकहरूको सुविधाका लागि सेवा उपलब्ध गराइरहेका छन् छन्। यद्यपि सबै शाखाहरू भने खुला नहुन सक्छन्। निश्चित शाखाहरूमा मात्र सेवा उपलब्ध हुनेछ।
बैंकहरूले यस उल्लिखित शाखा कार्यालयमार्फत सेवा दिनेछन्।














