काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।
सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो। आज बुधबार सुपर मादी हाइड्रोपावरको अन्तिम कारोबार ६ सय ८ रुपैयाँको आधारमा मूल्य समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ७८ रुपैयाँ कायम भएको छ।
यो सँगै, अब आइतबारदेखि यस कम्पनीका समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ।



