२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्र बैंकद्वारा बैंकहरूमा ८७ करोडको लगानी, ब्याजदर प्रस्ताव गर्न आह्वान

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.5K
    SHARES
  • राष्ट्र बैंकद्वारा बैंकहरूमा ८७ करोडको लगानी, ब्याजदर प्रस्ताव गर्न आह्वान

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ८७ करोड रुपैयाँ लगानी गर्न लागेको छ।

    राष्ट्र बैंकले आज प्रकाशित सूचनामा क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उपदान तथा पेन्सन कोषको रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।

    यसअन्तर्गत क वर्गका वाणिज्य बैंकमा ६९ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १३ करोड ५ लाख रुपैयाँ, र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपको लागि छुट्याइएको छ।

    मुद्दति निक्षेपमा सहभागिता जनाउन चाहने बैंक तथा वित्तीय संस्थाले असोज १८ गते साँझ ७ बजेसम्म ब्याजदरको प्रस्ताव पेश गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०८१ कात्तिक ४ गतेदेखि २०८२ वैशाख ६ गतेसम्म अर्थात् १८१ दिनको अवधि रहनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ