२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेसंगै बढ्यो कारोबार रकम, ७ अर्ब ६१ करोडको कारोबार

images

  • २०८१ असोज १५, मंगलबार
  • 1.6K
    SHARES
  • नेप्सेसंगै बढ्यो कारोबार रकम, ७ अर्ब ६१ करोडको कारोबार

    आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकमा वृद्धि भएको छ।

    काठमाडौँ : आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ११४.७० अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स १९.४६ अंक, फ्लोट इण्डेक्स ७.९६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ। आज नेप्से परिसूचक २६०० विन्दुभन्दा माथि बन्द भएको छ। जसले पाँच कारोबार दिनपछि पुनः यो महत्वपूर्ण स्तर पार गरेको हो।

    आज १३ उपसमूहमध्ये  वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत, लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी तथा जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।

    आज कारोबार रकम भने बढेको छ। हिजो सोमबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय ७ कम्पनीको ९६ हजार ९ सय ६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज वित्त कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ। आज २४ वटा कम्पनीको शेयर सकारात्मक लागेको छ जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। सकारात्मक लाग्नेमध्ये १३ वटा फाइनान्स कम्पनी रहेका छन्। 

    आज एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा तथा नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    आज १३ मध्ये सबै उपसमूहको परिसूचक बढेको छ। आज कारोबारमा आएका २ सय ४५ कम्पनीमध्ये २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ तथा १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ