काठमाडौँ: काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्ट र बबरमहलस्थित बुटिक होटल बसेरालाई उपभोक्ता हितविपरीत व्यापारिक क्रियाकलापमा संलग्न भएको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन-तीन लाख रुपैयाँ जरिबाना तिराएको छ।
होटल एभरेस्टको अनुगमनका क्रममा म्याद गुज्रेका सामान किचनमा भेटिएका थिए भने बसेरा होटलले अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो।
चाडबाड नजिकिँदै गर्दा विभागले बजार अनुगमनलाई तीव्र पारेको छ। हालै मात्र विभागले कुल ३९ वटा व्यवसायमा अनुगमन गरेको जानकारी दिएको छ। यसअघि होटल संघ नेपाल (हान) ले सरकारसँग होटलमा अनुगमन नहुने सहमति भएको भनी आफ्नो मातहतका ३ सयभन्दा बढी होटलमा परिपत्र पठाएको थिय। जसको पछि विभागले आक्रामक अनुगमनलाई अघि बढाएको हो।



