२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ११३ जनाको मृत्यु, सयौँ घाइते

images

  • २०८० कात्तिक १८, शनिबार
  • 1.0K
    SHARES
  • भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ११३ जनाको मृत्यु, सयौँ घाइते

    कात्तिक १८, जाजरकोट : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। 


    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पछिल्लो विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु र रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। थप विवरण संकलन हुँदैछ। त्यस्तै, जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो। 

    नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरीले बताए। उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

    अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेका छ। जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ