काठमाडौँ : चाडपर्वको अवसरमा इन्धनको मूल्य घटेको छ।
नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ, मट्टीतेलमा २ रुपैयाँ घटाइएको जनाएको छ।
यद्यपि एलपी ग्याँसको मूल्य भारतबाट ४१ रुपैयाँ बढे पनि, चाडपर्वलाई ध्यानमा राख्दै मूल्य स्थिर राखिएको छ। निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने बताएको छ।



