काठमाडौँ : धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। प्रहरीका अनुसार आइतबार बेलुका साढे सात बजेबाट दुई तर्फी बाटो खुला भएको हो। यस क्षेत्रमा पहिरोले चारवटा सवारी साधन पुरिएपछि उद्धार कार्य जारी छ।
पहिरोले बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप, चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आएको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको अर्को बसलाई पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार कार्यमा जुटिरहेका छन्। उद्धारमा तीनवटा जेसिबीको प्रयोग भइरहेको छ भने उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न उद्धार टोलीहरू खटिएका छन्।



