२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल टेलिकमको दशैं अफर २०८१ सार्वजनिक, इन्टरनेट र जीएसएम सेवामा विशेष छुट

images

  • २०८१ असोज १३, आइतबार
  • 1.3K
    SHARES
  • नेपाल टेलिकमको दशैं अफर २०८१ सार्वजनिक, इन्टरनेट र जीएसएम सेवामा विशेष छुट

    काठमाडौँ : नेपाल टेलिकमले दशैं, तिहार, छठ जस्ता पर्वहरूको अवसरमा "दशैं अफर- २०८१" ल्याएको छ। जसमा ग्राहकहरूलाई विभिन्न सहुलियत प्याकेजहरू प्रदान गरिएको छ। यस अफर असोज १३ गतेदेखि कात्तिक २३ गतेसम्म उपलब्ध हुनेछ।

    अफरका प्रमुख सुविधाहरू यसप्रकार छन् :

    एफटीटीएच प्याकेजहरूमा ब्यान्डविथ अभिवृद्धि:

    साबिकको मूल्यमा एफटीटीएच (फाइबर टू द होम) प्याकेजहरूमा ५० प्रतिशतसम्म ब्यान्डविथ थपिएको छ। ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका प्याकेजहरूमा क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डविथ उपलब्ध हुनेछ। नयाँ जडानमा ५०० रुपैयाँ जडान शुल्क मिनाहा गरिएको छ।

    जीएसएम सेवाका अफरहरू:

    ७९९ रुपैयाँमा सजिलो अनलिमिटेड प्याकेज: जसमा अल नेट अनलिमिटेड भ्वाइस, ४५ जीबी डाटा, र ५०० ओटा अल नेट एसएमएस सुविधा साथै, २५० रुपैयाँमा १ हजार मिनेट अल नेट भ्वाइस र ९९ रुपैयाँमा १ हजार अन नेट एसएमएस सुविधा समावेश गरिएको  छ।

    यी प्याकेजहरू प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेड ग्राहकका लागि ३० दिनसम्म मान्य हुनेछन्। ग्राहकहरूले *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत अफरहरू खरिद गर्न सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ